नियम १३
बढुवा हुन चाहिने न्यूनतम योग्यता
(१) सैनिक विविध सेवाका जुनसुकै पदमा बढुवा हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछः–
(क) अनुसूची –२ बमोजिमको तालीम पूरा गरेको,
(ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको,
(ग) नियम ९ बमोजिमको शैक्षिक योग्यता भएको,

तर, यो नियमावली प्रारम्भ हुनु अघि लेखा समूहमा समूहीकृत भएका -तथा खुला प्रतियोगिताबाट नियुक्त भएका अधिकृतहरुलाई_ प्रमुख सेनानी पदसम्म भर्ना हुँदाको शैक्षिक योग्यताका आधारमा बढुवा गर्न बाधा पर्ने छैन । त्यसै गरी यो नियमावली प्रारम्भ हुनु अघि आन्तरिक प्रतियोगिताबाट नियुक्त भएका अधिकृतहरुलाई प्रवीणता प्रमाण-पत्र तह, दस जोड दुई वा सो सरहको शैक्षिक योग्यता तथा कम्तीमा तीन महिनाको कम्प्युटर आधार तालिम र कम्तीमा दुई महिनाको कम्प्युटर एकाउन्टिङ्ग सम्बन्धी तालिम उत्तीर्ण गरेको भएमा प्रमुख सेनानी पदसम्म बढुवा गर्न बाधा पर्ने छैन ।

(घ) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको,
(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बेसिक फीटनेस टेस्ट) उत्तीर्ण गरेको, तर कुनै सैनिक कर्तब्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड
बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज सो प्रयोजनका लागि यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ ।
(च) बडी मास ईन्डेक्स (बी.एम.आई) र स्वास्थ्य वर्गीकरण ( मेडिकलक्याटगोरी)मायोग्यठहरिएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षसम्म मिड क्यारियर म्यानेजमेन्ट तथा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नलिएको सैनिक बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।